लि:ल(घले) ल्हो सरको परिचय!!!

लि:ल(घले) ल्हो सरको परिचय!!!

लि:ल=घले !
ल्हो=बर्ग !
सर=नया !

लि:ल(घले) ल्होसरको शुभ-कामना!
युके तथा देश बिदेशमा बसोबास गर्ने सम्पूर्णा घले समुदाय र मेरो आत्मिय मित्रहरूलाई स्यूव- ख्यङ,नमस्कार !!!

परापूर्व काल देखी हामी घले जातिका समुदायले विशेष र महत्वपूर्ण शुभ -दिनको रूपमा हरेक वर्ष माघ १ गते लि:ल ल्होसरलाई सांस्कृतिक पर्बक़ो रूपमा मनाउदें आएका छौ। “ता”ल्हो बाघ बर्गको विदाई गर्दै “योए”ल्हो बिरालो बर्गको आग़मनलाई स्वागत गर्दै सम्पूर्ण घले समुदायहरु र अन्य मित्रहरुमा सुख, शान्ति र उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना ब्यक्त गर्दछौ।

घले जातिले माघ १ गते किन लि:ल ल्हो सर मानछन त ?प्रश्न:?

ल्हो सर- “ल्हो” भन्नाले वर्ग वा वर्ष बुझिन आऊछ भने “सर” भन्नाले नया भन्ने बुझिंनछ। ल्हो एउटा चक्र हो। १२ वाट जन्तुको नामबाट अंकित गरिएको हुनछ र १२ वर्ष पछि फेरी घुमेर त्यही ल्हो फर्केर आऊछ र घले भाषामा “ल्हो” थोप-बर्ग आयो भनछ।

 हरेक वर्षको माघ १ गते राति मध्यान्तरमा  ज्योतिष शास्त्र अनुसार(रातको १२ बजे) सूर्य कर्कट राशिबाट मकर राशीमा प्रवेश गरेको हुनछ वा दक्षिण दिशाबाट उतर दिशा तिर सर्छ। अब जाडो महीनाबाट गर्मी महीनाको अनुभव गर्न थालछन।पौष महिनाको मसान्त भित्र शुरु गरेका कामहरु जस्तै:-राड़ी,बख्खु, डोको, थुम्से, कोक्रो, बैंकिंड  कारबार, नया घर, भकारी आदि सबै कामहरु सकनु पर्ने हुनछन। घले राजाले चलाएको नियम अनुसार अन्य जातिहरुले पनी अणुसरन गर्न थाल्यो र यो सबै चिज सकेर माघ १ गते ख़ुशीयालीमा मनाउने ल्हो सर घले जातिको ठुलो दिन हो। घले भाषाबाट यो महान पर्बलाई “ल्हो थोप”(वर्ष पुरा भएर नया शुरु दिन) पनि भनिनछन।

बर्गहरु:- ता(बाघ), योए(बिरालो),मुग(चिल), प्री(सर्प), तं(घोडा), ल्हूँक(भेडा), प्र:(बादर),ज़्या(चरा), खीं(कुकुर), फ़ा(मृग),ज्युव(मुसा), र लङ् (गाईं) ल्हो हुन।

  बि. स. १५५९ सालमा शाहराजाहरुले अन्य जातिहरु संग सयोग लिएर घले जाति र घले राजालाई मारेपछि घलेहरुको पहिचान मात्र नभई धर्म-संस्कारमा ठूलो क्षती पुगेको इतिहास साक्षी छन। घले जातिको आफ़नै रीतिरीवाज भाषा, परम्परा र धर्म संस्कृतिको दृष्टिले धनि भए पनि बौन धर्ममा आस्था राखने घले जातिले भेड़ाको खसीलाई लामा, जैसी, डाडंरे र झाक्रीबाट बलिदान दिई कुलपुजा गरी जेष्ठ नागरिकबाट पानासमा बती बाली ल्होसर सुरुवात गर्ने चलन छन ।

माघ १ गते घले ल्होसरमा गर्ने कामहरु:-
१)आफनो चेंलीहरुलाई कोसेली(खेस्रो) चोयाले बुनेको कोसोरोमा हालेर रोटी, तरुल,खिर, सक्नेले नया नया लुगा कपड़ा दिने चलन छ।

२)माघ १ गतेबाट नया ल्होको शुरुवातबाट नया-नया चिजहरु बुन्न र बनाऊन सुरुवात गर्छन।

३)लामा, जैसी, गोठाला र झाक्रीले चोखो राख़न नुहाई-धुवाई गरी पुजापाठ गर्ने चलन छन भने गाउलेहरुबाट अक्षेता लिएर आऊछन।

४)ज़ुन व्यक्तिको ल्हो सुरु हुनछ वा जन्मेको हुन्छ ल्हो आयो भनेर १३ वर्षमा लागेक़ो शुरुवात ग़रिनछ वा ल्हो थोप( बर्ग आएको भन्ने चलन) भनछ।ल्हो थोप सुरु भए पछि भेडाको खसी वा कुखराको भाले काटेर मनाईनछ।

५)ल्होको आधारमा लामा, जैशी, धामी वा झाक्रीले सायत हेर्ने, जोखना हेर्ने( काफ़्या) वा रातमा ४ दिशाको आकाशमा तारा हेरेर नया कामको शुरुवात गरिनछ।

६) मान्छे मर्दा,भेड़ीगोठ, गाईगोठ सर्दा गोठलाहरुले पनि सायत हेर्ने चलन छन।

नोट:- पौष १५ भनेको दिन छोटों र रात लामो हुने समय हो र बर्ग़ कहिले पनि फेरिनदैन।

नेपाल सरकारबाट कुन-कुन जातिलाई मान्यता दिएको छ त?:-

गत केही वर्ष अघीदेख़ि मन्त्री परिषदको निर्णय अनुसार सबै आदिबाशीहरुको सांस्कृतिक पर्वहरु मनाउन दिएको सार्वजनिक बिदाहरु कटौती गरेका छन जसमा तमु ल्होछार/सार, तमांग वा शेर्पाको सोनाम ल्होछार र गेल्बो ल्होछार पर्दछ ।घलेहरुको ल्होसरलाई अझै सरकारले सम्बोधन गरेका छैनन।
आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन बि.स.२०५८ ले आदिबांसी/जनजाति  भन्नाले आफनो मातृ भाषा र परम्परागत, रीतिरिवाज,छुटै सांस्कृतिक पहिचान, छुटै सामजिक संरचना र लिखित अलिखित ईतिहासलाई बुझाऊछन। जसतै:_

जाति -142
भाषा-124
बि स २०७४ साल बैशाख ११ गते अल्पसंख्या -९८ जातियमा घोषणा गर्दा,
घले जाति -४० सौ नम्बरमा सूचिकृत।
जनगणनामा:_
घले जातिको जातिय कोड न.-६७
घले मातृ भाषाको कोड न.-५२

धन्यबाद।
स्यूव-ख्यङ!!!

धन घले
हाल
बेलायत!!!!

संस्थापक  आदिबासी-जनजाति महासंघ , बेलायत
महासचिब!

Leave a Reply

Your email address will not be published. Required fields are marked *